सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व,२०८० को शुभकामना सन्देश कुमारी इन्द्रजात्रा पर्व, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-अर्चना गर्दै जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।पर्याप्त वर्षाका कारण राम्रो अन्नबाली फलेकोमा वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ। शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास मैले लिएको छु Read More …

राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । तपसिल क्र.सं. राजदूत मुलुक १. श्री सुधिर भट्टराई फ्रान्स २. श्री तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स ३. श्री घनश्याम लम्साल कुवेत ४. श्री रामप्रसाद सुवेदी स्वीट्जरल्याण्ड २०८० साल असोज १० गते बुधबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जनकपुरको नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

महान् मिथिला-सभ्यताका वन्दनीय सन्तति, दाजुभाइ, दिदीबहिनीहरू ! राजर्षि विदेह जनक र साक्षात् आदिशक्ति भूमिजा जानकीको प्राकट्यभूमि, याज्ञवल्क्य, अष्टावक्र, गार्गी र मैत्रेयीको ज्ञानदीप्त धरित्री, विश्वकै प्रथम ग्रन्थ ऋग्वेदको प्रथम मण्डलका मन्त्रद्रष्टा ऋषिको अवतरण भूमि, न्याय, वैशेषिक, साङ्ख्य, मीमांसाजस्ता गहन दर्शनको प्रतिपादन एवम् अष्टावक्र महागीता तथा बृहदारण्यक उपनिषद्जस्ता महान् ग्रन्थ-अन्तर्निहित तत्त्वविमर्शको परा-चिन्तन-भूमि, सृष्टिको रहस्यबीज गर्भित यस देवस्थलको पावन भूमिमा पाइला नटेकी शिरै टेकी हिँड्नुपर्ने ठाउँमा पाइला टेक्ता पनि पाप लागेको हो कि भन्ने अनुभूतिसहित म यस माटोको धूलोको चन्दन पटक-पटक आफ्नो शिरमा लगाउँछु । म यहाँहरूको हृदयमा विराजित भगवत-तत्त्वलाई पटक-पटक प्रणाम गर्दछु । मधेश प्रदेशअन्तर्गत रहेको भोजपुरा क्षेत्रको सभ्यता, भाषा, साहित्य, संस्कृति Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले जिल्ला समन्वय समितिको सभाहल उद्घाटन कार्यक्रमको सम्बोधन

उपस्थित सम्पूर्ण तनहुँवासी दिदीबहिनी तथा दाजुभाइहरू ! सर्वप्रथम म यहाँ सम्पूर्ण तनहुँवासीहरूले जिल्लाबाट जनप्रतिनिधिका रूपमा निर्वाचित गराएर संविधानको पालक, संरक्षक र अभिभावकका रूपमा राष्ट्रको सर्वोच्च पद ́राष्ट्रपति́ सम्म पुग्न प्रकट गर्नुभएको शुभेच्छा, माया, सद्भाव र सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु । राष्ट्रकै अभिभावकको जिम्मेवारी पाउँदासम्म बेहोरेको दु:खकष्टमा साथ दिएको आफू जन्मेको यो माटोमा राष्ट्रको अभिभावकको जिम्मेवारी पाएपछि पहिलो पटक टेक्न पाउँंदा गर्वले भावविह्वल भएको छु । तपार्इँहरूले मेरो राजनीतिक सङ्घर्ष, योगदान र क्षमतालाई विश्वास र सम्मान गर्दै  पटकपटक जनप्रतिनिधिका रूपमा निर्वाचित गराएर देश र राष्ट्रिय तथा शासकीय राजनीतिको महत्त्वपूर्ण भूमिकामा काम गर्ने जुन मौका दिनुभयो त्यसप्रति पनि आजका दिनमा Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा गर्नुभएको सम्बोधन  

 कार्यक्रममा अध्यक्षता गरिरहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्षज्यू, माननीय मन्त्रीज्यू, उपस्थित सञ्चारकर्मी तथा अन्य महानुभावहरू ! सर्वप्रथम प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल परिवार र सिङ्गो नेपाली प्रेस जगत्लाई बधाई एवम् शुभकामना दिन चाहन्छु । स्वस्थ पत्रकारिता विकासका लागि उपयुक्त वातावरण सिर्जना गरी यो क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन स्थापित प्रेस काउन्सिलले आज स्थापना दिवस मनाउन गइरहेकोमा मलाई खुसी लागेको छ । प्रेस काउन्सिलको बेग्लै इतिहास, गरिमा र महत्त्व छ । त्यसलाई झन् बढाउन आजको दिनले सबैलाई प्रेरित गरोस् भनी म यो अवसरमा पुन: शुभकामना दिन चाहन्छु । लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रूपमा लिइन्छ । कुनै Read More …

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल असोज ५ गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा आयोजित समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीयज्यूहरू माननीयज्यूहरू उपस्थित महामहिम राजदूतज्यूहरू आदरणीय दिदीबहिनी दाजुभाइहरू आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौं यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संविधान तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा असोज ३ गते आयोजित समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीयज्यूहरू, माननीयज्यूहरू, उपस्थित महामहिम राजदूतज्यूहरू, आदरणीय दिदीबहिनी दाजुभाइहरू ! आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको ७ दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । यो गौरवमय क्षणमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहूति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु । आन्दोलनका क्रममा जेलनेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनका पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु । त्यस्तै, लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को शुभकामना सन्देश संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । सात दशक लामो जनताको आन्दोलन, त्याग र बलिदानबाट नेपालको संविधान जारी भएर आठ वर्ष पूरा भएको आजको यस सुखद अवसरमा म सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यस्तै, मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति अपार सम्मान एवम् श्रद्धा प्रकट गर्दछु । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र Read More …

कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६-WO-०९३९ र रिट नम्बर ०७९-WH – ०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूची बमोजिमका उल्लिखित भीमबहादुर खवास समेतका ४९७ (चार सय सन्तानब्बे), हर्कबहादुर लिम्बु समेतका १७० (एक सय सत्तरी) र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत जम्मा ३ (तीन) जना गरी कूल जम्मा ६७० (छ सय सत्तरी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी Read More …