राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धनराज गुरुङज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. राजदूत मुलुक
१. श्री सुधिर भट्टराई फ्रान्स
२. श्री तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स
३. श्री घनश्याम लम्साल कुवेत
४. श्री रामप्रसाद सुवेदी स्वीट्जरल्याण्ड

२०८० साल असोज १० गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता