सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममा दिनुभएको शुभकामना सन्देश

आज जेठ १६ गते ‘महिलाको  सुरक्षा र अधिकार: संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ हामी तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाउँदै छौं । यस अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न भूमिकाबाट योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक सम्मान अर्पण गर्दछु । २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका  अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा  सुनिश्‍चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनको स्मरण स्वरूप Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को शुभकामना सन्देश “महिलाको  सुरक्षा र अधिकार: संकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने नाराका साथ मनाउन लागिएको तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु । २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका  अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्‍चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनको स्मरण स्वरूप Read More …

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. आर्थिक अध्यादेश, २०७८ २. विनियोजन अध्यादेश, २०७८ ३. राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गणतन्त्र दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गणतन्त्र दिवस, २०७८ को शुभकामना सन्देश १४औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा  हार्दिक बधाई सहित सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । साथै, लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी राजनीतिक कार्यकर्ता¸ नागरिक समाजका अगुवाहरू एवं आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दछु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा Read More …

सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा १२, सर्वोच्च अदालतको संयुक्त इजलासबाट मिति २०७७/४/१९ मा भएको परमादेश (रिट नं. ०७६-WO-०९३९) को आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/२/१३ गतेको सिफारिसमा  मिति २०७८/२/१५ गते देखि लागू हुने गरी डिल्ली लंवा लिम्बू समेत ४३० (चार सय तीस) जना कैदीहरुको भुक्तान हुन Read More …

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १(घ) बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिङफिङ बीच टेलिफोन वार्ता सम्पन्न

जेठ १६‚ काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र मित्र राष्ट्र चीनका महामहिम राष्ट्रपति सी चिङफिङ बीच आज टेलिफोन वार्ता सम्मपन्न भयो । वार्ताको सिलसिलामा दुवै देशका राष्ट्र प्रमुखहरूको बीचमा कोभिड–१९ महामारीविरुद्ध सहयोगका साथै समग्र द्विपक्षीय आपसी सम्बन्धका विषयमा विचार आदानप्रदान भएको थियो । वार्ताको क्रममा सम्माननीय राष्ट्रपतिज्यूले कोभिड–१९ महामारी विरुद्ध लड्न नेपाललाई जीवनदायी औषधिका साथै अत्यावश्यक स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले कोभिड–१९ विरुद्धको खोप विश्‍वको सार्वजनिक वस्तु हुनु पर्ने राष्ट्रपति सि चिङफिङले गर्नुभएको घोषणाको प्रशंसा गर्नुहुँदै यसअघि चीन सरकारद्वारा नेपाललाई उपलब्ध गराएको ८ लाख खोपका लागि समेत धन्यवाद ज्ञापन Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०७८ को शुभकामना सन्देश किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, याक्खा, सुनुवार लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जाडो सकिएर गर्मी सुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस¸जीवजन्तु तथा पशुपंक्षीहरू बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतिपूजक किराँत समुदायले वैशाख शुक्ल पूर्णिमा (वैशाखे पूर्णे) को दिन उभौली पर्व मनाउने गर्दछन् । यो समय बालीनाली लगाउने बेला समेत भएकाले लगाइएको अन्नबाली सप्रियोस्¸ रोगव्याधि नलागोस्¸ खडेरी¸ बाढी¸ पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआऊन् भनी भूमिपूजा र पितृपूजा गर्ने परम्परा रहेको छ Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले २५६५औँ बुद्ध जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

२५६५औँ  बुद्ध जयन्तीको शुभकामना सन्देश बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवं विश्‍व शान्तिका अग्रदूत गौतम बुद्धको २५६५औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात् जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्‍वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । विश्‍वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय हो Read More …

अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता