मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का देहायका माननीय मन्त्रीहरूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उहाँहरूले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । क्र.सं. नामथर निकाय/पद १. श्री विष्णुप्रसाद पौडेल उपप्रधान एवम् अर्थ मन्त्री २. श्री ज्वाला कुमारी साह कृषि तथा पशुपंक्षी विकास मन्त्री ३. श्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ४. श्री राजेन्द्र कुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ५. डा. विमला राई पौड्याल परराष्ट्र मन्त्री Read More …

मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री श्री राजेन्द्रप्रसाद लिङ्देन; माननीय सहरी विकास मन्त्री श्री विक्रम पाण्डे र माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री श्री ध्रुवबहादुर प्रधानले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय; सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७९ साल फागुन १४ गते आइतबार । (सागर आचार्य) प्रवक्ता  

‍‍सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल विश्व सम्बन्ध परिषद्‌को ७५औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्ष, नेपाल विश्व सम्बन्ध परिषद्‌का सभापति तथा कार्यकारी समितिका सदस्यहरू, वरिष्ट कुटनीतिज्ञ एवं पूर्व मन्त्री डा. भेष बहादुर थापा‚ महामहिम राजदूतहरू, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द  । नेपाल विश्व सम्बन्ध परिषद्‌को ७५औं वार्षिक उत्सवको सन्दर्भमा यो गोष्ठीको आयोजना गर्नुभएकोमा सराहना गर्दछु । यस  अवसरमा म परिषद्का अध्यक्ष, कार्यकारी समितिका सदस्यहरू तथा सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छु । वि.सं. २००४ सालमा स्थापना भई नेपालको पुरानो गैरसरकारी संस्थाको रूपमा परिषद्ले विश्व शान्ति, असंलग्नता र पञ्चशीलमा आधारित नेपालको परराष्ट्र नीतिलाई सुदृढ गराउने उद्देश्यका साथ सकारात्मक छलफल र गोष्ठी जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ  । ७५औं वर्षसम्म अस्तित्वमा रहेर परराष्ट्र मामिला Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पर्वत जिल्ला, जलजला गाउँपालिका स्थित आदि बराह कुल मन्दिरको उद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, गण्डकी प्रदेश सरकारका माननीय मन्त्री, नेपाल सरकारका मुख्य सचिव, जलजला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं स्थानीय जनप्रतिनिधिहरू, बराहताल कुल मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द । पर्वत जिल्लाको कालाञ्जर क्षेत्र अन्तर्गत हम्पाल पर्वतको काखमा रहेको प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको अवलोकनका साथै पुनर्निर्मित बराह कुल मन्दिरको उद्‌घाटन समारोहमा सहभागी भई तपाईहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस पावन कार्यमा सहभागी हुने अवसर प्रदान गरेकोमा जलजला गाउँपालिका तथा बराह कुल मन्दिर पुनर्निर्माण समितिलाई हार्दिक धन्यवाद  दिन चाहन्छु । प्रशस्त सम्भावना हुँदाहुँदै पनि सार्वजनिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन समुद्‌घाटन समारोहमा गर्नुभएको सम्बोधन

बागमती प्रदेशसभाका माननीय प्रदेश प्रमुख‚ बागमती प्रदेशका माननीय मुख्यमन्त्री तथा मन्त्रीहरू‚ संघीय संसदका माननीय सदस्यहरू‚ बागमती प्रदेशका पूर्व मुख्यमन्त्री‚ बागमती प्रदेश सभाका माननीय सदस्यहरू‚ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीहरू‚ हेटौंडा अस्पतालका चिकित्सक‚ नर्स तथा स्वास्थ्यकर्मीहरू‚ विद्यार्थी भाइबहिनीहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द ।   मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको नवनिर्मित भवन समुद्‌घाटन समारोहमा उपस्थित भएर तपाईहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म प्रतिष्ठानका चिकित्सक, प्राविधिक, कर्मचारी र विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । जनताको स्वास्थ्यका निम्ति आधारभूत एवं विशेषज्ञ सुविधाहरू सहजै उपलब्ध गराउन सकिने गरी मदन भण्डारी Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ग्याल्पो ल्होसार २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

 ग्याल्पो ल्होसार, २०७९ को शुभकामना सन्देश शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक  शुभकामना व्यक्त गर्दछु । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाई गर्ने, घरको छत लगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को शुभकामना सन्देश राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका  लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै‚ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्दछु । नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको छ । वि.सं. २००७ सालमा जहानिया निरङ्कुश शासनविरूद्ध जनताको संघर्षले आजकै दिन विजय हासिल गरेको थियो । जनताको एकतावद्ध सामर्थ्यले Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महाशिवरात्री पर्व २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

महाशिवरात्री पर्व, २०७९ को शुभकामना सन्देश महाशिवरात्री पर्व, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रकृति‚ योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको छ । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्‍वास प्रतिविम्बित भएको पाइन्छ । पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र‚ हिमवत खण्ड र मानस खण्डको भूभाग मुलभूत रूपमा नेपालमा पर्दछ । यसैकारण पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई शिवको स्वरुपका रूपमा आस्था राख्ने विश्वभरिका Read More …

सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बुढानीलकण्ठ स्कुलको स्वर्ण महोत्सव समारोहमा गर्नुभएको सम्बोधन

स्वर्ण महोत्सव समारोहका अध्यक्षज्यू, संघीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका शिक्षक‚ विद्यार्थी एवं अभिभावकहरू, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । नेपालको शिक्षा क्षेत्रमा गौरवपूर्ण इतिहास बोकेको बूढानीलकण्ठ स्कुलले स्थापनाको पचास वर्ष पूरा गरी मनाउँन लागेको स्वर्ण महोत्सव समारोहमा उपस्थित भई तपाईहरूसँग भेट गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म विद्यालयसँग सम्बद्ध सबैमा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछु । मुलुकको सम्पूर्ण भूगोलमा छरिएका जातजाति, वर्ग र सम्प्रदायका बालबालिकालाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ वि.सं. २०२८ सालमा  यस विद्यालयको स्थापना भएको हो । पचास बर्षे यात्राका Read More …

सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ । २०७९ साल फागुन ५ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता