मन्त्रालयको कार्यभार

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का देहायका माननीय मन्त्रीहरूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उहाँहरूले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

क्र.सं. नामथर निकाय/पद
१. श्री विष्णुप्रसाद पौडेल उपप्रधान एवम् अर्थ मन्त्री
२. श्री ज्वाला कुमारी साह कृषि तथा पशुपंक्षी विकास मन्त्री
३. श्री दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
४. श्री राजेन्द्र कुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
५. डा. विमला राई पौड्याल परराष्ट्र मन्त्री
६. श्री पदम गिरी स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री
७. श्री भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
८. श्री हरिप्रसाद उप्रेती रक्षा मन्त्री

२०७९ साल फागुन १६ गते मङ्गलबार ।

(सागर आचार्य)

प्रवक्ता