मन्त्रालयको कार्यभार

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय उपप्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री श्री राजेन्द्रप्रसाद लिङ्देन; माननीय सहरी विकास मन्त्री श्री विक्रम पाण्डे र माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री श्री ध्रुवबहादुर प्रधानले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय; सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

२०७९ साल फागुन १४ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता