नेपाली सेना परिचालन स्वीकृति प्रदान

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ।

२०८१ साल वैशाख १३ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता