प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय तिलक परियार क्यानडाको ओटावामा २०७९ असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सम्माननीय प्रधानमन्त्रीको सिफारिस बमोजिम लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनलाई तोक्नु भएको छ । २०७९ साल असोज १४ गते शुक्रबार । (सागर आचार्य) प्रवक्ता

शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Randy W. Berry ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र अमेरिका बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७९ साल असोज १३ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लोक सेवा आयोगको ६३ ‌औं वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७९ साल असोज १३ गते बिहीबार (सागर आचार्य) प्रवक्ता

टीका प्रसाद प्रदान हुने कार्यक्रम सम्बन्धी प्रेस नोट

प्रेस नोट बडादशैं, २०७९ को अवसरमा मिति २०७९ असोज १९ गते बुधबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट देहाय बमोजिमको  समय तालिकामा टीका प्रसाद प्रदान हुने कार्यक्रम रहेको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय क्र.सं. विवरण समय १ सम्माननीयज्यूहरू, माननीय मन्त्रीज्यूहरू, माननीय प्रदेश प्रमुखज्यूहरू, माननीय न्यायाधीशज्यूहरू, संघीय संसदका माननीय सदस्यज्यूहरू संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू अपरान्ह २:०० बजे देखि ३:०० बजे सम्म २ सर्वसाधारणहरू अपरान्ह ३:०० बजे देखि ५:०० बजे सम्म पोशाक: मर्यादित प्रवेशद्वार: प्रवेशद्वार नं. १ २०७९ साल असोज १३ गते बिहीबार । (सागर आचार्य) प्रवक्ता

निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको Read More …

विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक २०७९/६/९ २ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/६/९ २०७९ साल असोज ९ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७९ लाई गर्नु भएको सम्बोधन

माननीय सूचना तथा सञ्चार प्रविधि मन्त्री, प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पदाधिकारीहरू, आज सम्मानित तथा पुरस्कृत पत्रकारहरू, राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द ! प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रपति भवनमा स्वागत गर्दै काउन्सिल परिवारलाई हार्दिक बधाई र शुभकामना प्रकट गर्दछु । साथै‚ आज पुरस्कृत तथा सम्मानित हुने पत्रकारहरूलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । राज्यको चौथो अङ्गको रूपमा समाजले सम्मान प्रदान गरेको पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण‚ सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता Read More …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेमकुमार राईज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । २०७९ साल असोज ५ गते बुधबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा आयोजित स्वागत समारोहमा गर्नुभएको सम्बोधन

सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रतिनिधिसभाका सभामुख, सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष, पूर्व  उपराष्ट्रपति तथा पूर्व प्रधानमन्त्रीहरू‚ महामहिम राजदूत तथा नियोगप्रमुख दम्पतिहरू, विशिष्ट महानुभावहरू, भद्र महिला तथा सज्जनवृन्द ! नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई सात वर्ष पूरा भएको सुखद् अवसरमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस अवसरमा तपाईँहरूलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । आज नेपालमा मात्र नभई नेपालीहरू रहेका विश्वका विभिन्न मुलुकमा समेत संविधान दिवसलाई भव्यताका साथ मनाइँदैछ । यस ऐतिहासिक अवसरमा म सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु Read More …

विज्ञप्ति

विज्ञप्ति राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारवाही नियमित रूपमा विज्ञप्ति मार्फत जानकारी गराउँदै आएको व्यहोरा अवगत नै छ । यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भई रहेको देखिएको हुँदा आधिकारीक व्यक्तिसंग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ । २०७९ साल असोज ३ गते सोमबार । (सागर आचार्य) प्रवक्ता