विभूषण प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा देहाय बमोजिमका विभूषण प्रदान गर्नु भएको छ । विभूषणको प्रकार संख्या मानपदवी १. नेपाल रत्‍न १ २. राष्ट्र गौरव ३ ३. सुप्रसिद्ध प्रबल नसेवाश्री १ ४. प्रसिद्ध प्रबल जनसेवाश्री १४ ५. सुकीर्तिमय राष्ट्रदीप १७ ६. सुप्रबल जनसेवाश्री १६५ ७. कीर्तिमय राष्ट्रदीप ६ ८. प्रबल जनसेवाश्री ३२२ ९. राष्ट्रदीप २ १०. जनसेवाश्री २०७ अलङ्कार १. राष्ट्र यशोवर्द्धक १० २. परम पौरख भास्कर २ ३. नेपाल प्रताप सुभूषण ३८ ४. नेपाल सेवा प्रवीण २३ Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान प्रकट गर्दछु । नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य Read More …

भुक्तान हुन बाँकी कैद सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ (दुई सय तीन) जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ (चार सय अठहत्तर) गरी कुल जम्मा ६८१ (छ सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिसमा मिति २०७९/६/३ गते देखि लागू हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा  भएको छ Read More …

सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिससाथ संलग्न सूचीमा उल्लिखित महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी  भएको छ । २०७९ साल असोज २ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जितिया पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितिया पर्व, २०७९ को शुभकामना सन्देश जितिया पर्व, २०७९ को सुखद् अवसरमा  सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेशी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुखशान्तिका लागि लोक देवता जिमुतवाहनको आराधना गर्दै उत्साहका साथ  मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्‍विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिलाहरू कठोर व्रत बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन  र आत्मा शुद्धि गर्दै विभिन्न परिकारहरू खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । जितिया पर्वजस्ता मौलिक चाडपर्वको Read More …

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्षबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष महामहिम श्री लि चान्सु (H.E. Mr. Li Zhanshu) ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । २०७९ साल भदौ २९ गते बुधबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) सबद्ध गैरसरकारी संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल तथा लेप्रोसी मिशन नेपालद्वारा आयोजित ‘उपेक्षित ट्रोपिकल रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, उपेक्षित उष्णप्रदेशीय रोग सम्बद्ध गैरसरकारी संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल तथा लेप्रोसी मिशन नेपालका पदाधिकारीहरू‚ सम्मेलनमा भाग लिन स्वदेश तथा विदेशबाट आउनुभएका प्रतिनिधिहरू‚ राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, भद्र महिला तथा सज्जनवृन्द । उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) सम्बद्ध गैरसरकारी संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (एनएनएन) तथा लेप्रोसी मिशन नेपालद्वारा आयोजित ‘उपेक्षित उष्णप्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी भएर यस प्रकारका रोगहरूको रोकथाम, निदान, उपचार एवं अनुसन्धानमा संलग्न चिकित्सक, जनस्वास्थ्य विज्ञ, नीति निर्माता, अनुसन्धाता एवं अन्य सरोकारवालाहरूसँग सात्क्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । सम्मेलनमा भाग लिन स्वदेश तथा विदेशबाट आउनु भएका सम्मेलनका सम्पूर्ण सहभागीहरूलाई  म हार्दिक स्वागत गर्दछु । यस Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०७९ को शुभकामना सन्देश राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउदै आएका छौँ । यस वर्ष पनि “बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल विषयका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र Read More …

विधेयकहरू प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९/५/२८ २ स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९/५/२८ ३ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ ४ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ ५ योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९/५/२८ २०७९ साल भदौ २८ गते मङ्गलबार । (सागर Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव – २०७९ पुरस्कार समर्पण कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति, प्राज्ञ परिषद् एवं प्राज्ञ सभाका सदस्यहरू, प्रज्ञा–प्रतिष्ठानका पूर्व पदाधिकारीहरू, विभिन्न प्रज्ञा पुरस्कारबाट पुरस्कृत श्रष्टा एवं साधकहरू, राष्ट्रिय कविता महोत्सव–२०७९ मा पुरस्कृत प्रतिभाहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । नेपाल प्रज्ञा प्रतिष्ठानले स्थापना गरेका विभिन्न प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा सहभागी भई हाम्रो देशका मूर्धन्य प्राज्ञिक व्यक्तित्व एवं श्रष्टाहरूसँग सात्क्षात्कार गर्न पाएकोमा मलाई खुसी लागेको छ । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन, सामाजिक शास्त्र, विज्ञान आदि विषयको अध्ययन, अनुसन्धान, संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले आजभन्दा ६५ वर्ष अगाडि स्थापित Read More …