मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्षबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष महामहिम श्री लि चान्सु (H.E. Mr. Li Zhanshu) ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

२०७९ साल भदौ २९ गते बुधबार

(सागर आचार्य)

प्रवक्ता