सजाय माफी

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिससाथ संलग्न सूचीमा उल्लिखित महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी  भएको छ ।

२०७९ साल असोज २ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता