सम्माननीय राष्ट्रपतिज्यू र बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटवार्ता

आज मिति २०७५ साल भदौ १४ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू र चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटबार्ता भयो । उक्त अवसरमा बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका अध्यक्ष नेपालका सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली, बंगलादेशका महामहिम प्रधानमन्त्री Sheikh Hasina, भूटान सरकारका महामहिम Chief Justice and Chief Advisor Mr. Lynpo Tshering Wangchuk, भारतका महामहिम प्रधानमन्त्री Shri Narendra Modi, म्यानमारका महामहिम राष्ट्रपति U Win Myint, श्रीलंकाका महामहिम राष्ट्रपति Mr. Maithripala Sirisena र थाइल्याण्डका महामहिम प्रधानमन्त्री Gen. Prayut Chan-o- cha (Ret.) लगायतको उपस्थिति रहेको थियो ।  सो भेटका क्रममा सदस्य-राष्ट्रहरूबीच सुमधुर Read More …

सम्माननीय राष्ट्रपतिज्यू र म्यानमारका महामहिम राष्ट्रपति U Win Myint बीच भेटवार्ता

आज मिति २०७५ साल भदौ १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू र म्यानमारका महामहिम राष्ट्रपति  U Win Myint बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासो एवम् चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका बारेमा समेत कुराकानी भयो । साथै उक्त भेट पश्चात मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिज्यूको सम्मानमा रात्री भोजकोसमेत आयोजना गरिएको थियो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू लगायत नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।  (छविन्द्र पराजुली) प्रवक्ता

नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति

आज मिति २०७५ साल भाद्र १२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत नं. ११६१ रथी श्री पूर्णचन्द्र थापाज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०७५/५/२४ गतेदेखि लागू हुने गरी नियुक्ति गर्नुभएको छ । (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली गैरआवासीय राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल भाद्र १२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ । सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री झविन्द्र प्रसाद अर्याल ईजिप्ट अल्जेरिया २. श्री यज्ञ बहादुर हमाल कुवेत इराक (छविन्द्र पराजुली) प्रवक्ता

बकर ईद (इदुल जोहा) पर्व २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

ईस्लाम धर्माबलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा बकर–ईद (इदुल जोहा) पर्वले नेपालीहरुबीच आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने बकर–ईद (इदुल जोहा) पर्वको विशेष महत्व रहेको छ । यस पर्वले स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट विज्ञ पदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कास्की  जिल्ला, पोखरा -7 निवासी श्री माधव शर्मालाई नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र साँस्कृतिक सम्पदाका  क्षेत्र तथा काठमाडौं जिल्ला निवासी रथी श्री नेत्र बहादुर थापा (अ.प्रा.) लाई राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरण सम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा माननीय उपसभामुखलगायतबाट भेट

आज मिति २०७५ साल भदौ ४ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्ण बहादुर महराज्यू, प्रतिनिधि सभाका माननीय उपसभामुख डा. शिबमाया तुम्बाहाङफेलगायत सातै प्रदेशका प्रदेश सभाका माननीय सभामुखहरु एवम् माननीय उपसभामुखहरुले भेट गर्नुभयो ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट समवेदना व्यक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भारतका पूर्व प्रधानमन्त्री श्री अटल बिहारी वाजपेयीको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै मित्रराष्ट्र भारतका महामहिम राष्ट्रपति श्री रामनाथ कोभिन्दलाई समवेदना सन्देश पठाउनुभएको छ । त्यसै गरी  सम्माननीय राष्ट्रपतिज्यूले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोवेल पुरस्कार विजेता एवम् विख्यात कूटनीतिज्ञ श्री कोफी आनानको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।   (छविन्द्र पराजुली) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली गैरआवासीय राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल साउन २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ । सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री लक्की शेर्पा अष्ट्रेलिया गणतन्त्र फिजी २. श्री झविन्द्रप्रसाद अर्याल ईजिप्ट लिविया ३. श्री प्रकाश कुमार सुवेदी अष्ट्रिया स्लोभेनिया (छविन्द्र पराजुली) प्रवक्ता