सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली गैरआवासीय राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल भाद्र १२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नु गर्नुभएको छ ।

सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री झविन्द्र प्रसाद अर्याल ईजिप्ट अल्जेरिया
२. श्री यज्ञ बहादुर हमाल कुवेत इराक

(छविन्द्र पराजुली)

प्रवक्ता