बकर ईद (इदुल जोहा) पर्व २०७५ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

ईस्लाम धर्माबलम्बीहरुको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सामाजिक, साँस्कृतिक, भाषिक र जातिय विविधता बीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा बकर–ईद (इदुल जोहा) पर्वले नेपालीहरुबीच आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबर्द्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा  महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु ।

विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने बकर–ईद (इदुल जोहा) पर्वको विशेष महत्व रहेको छ । यस पर्वले स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास मार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७५ भाद्र ६ गते बुधबार ।