सम्माननीय राष्ट्रपतिज्यू र म्यानमारका महामहिम राष्ट्रपति U Win Myint बीच भेटवार्ता

आज मिति २०७५ साल भदौ १३ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू र म्यानमारका महामहिम राष्ट्रपति  U Win Myint बीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासो एवम् चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका बारेमा समेत कुराकानी भयो । साथै उक्त भेट पश्चात मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिज्यूको सम्मानमा रात्री भोजकोसमेत आयोजना गरिएको थियो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय कायम मुकायम प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू लगायत नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 (छविन्द्र पराजुली)

प्रवक्ता