नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति

आज मिति २०७५ साल भाद्र १२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत नं. ११६१ रथी श्री पूर्णचन्द्र थापाज्यूलाई नेपाली सेनाको प्रधान सेनापति पदमा मिति २०७५/५/२४ गतेदेखि लागू हुने गरी नियुक्ति गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता