सम्माननीय राष्ट्रपतिज्यूबाट विज्ञ पदमा नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कास्की  जिल्ला, पोखरा -7 निवासी श्री माधव शर्मालाई नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र साँस्कृतिक सम्पदाका  क्षेत्र तथा काठमाडौं जिल्ला निवासी रथी श्री नेत्र बहादुर थापा (अ.प्रा.) लाई राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरण सम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता