ओहदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय १. इजिप्ट H.E. Ms. Noha Hamdy Ahmed Elgebaly आवासीय २. जर्मनी H.E. Dr. Thomas Heinrich Prinz आवासीय ३. नर्बे H.E. Ms. Torun Dramdal आवासीय ४. फ्रान्स H.E. Mr. Gilles Bourbao आवासीय २०७८ साल असोज १४ गते बिहीबार (जगन्‍नाथ पन्त) प्रवक्ता इजिप्ट जर्मनी नर्बे फ्रान्स

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १ आर्थिक विधेयक, २०७८ २०७८/६/१३ २ राष्ट्र ऋण उठाउने विधेयक, २०७८ २०७८/६/१३ २०७८ साल असोज १३ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मधेशी आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्तज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल असोज १३ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता  

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।   २०७८ साल असोज १३ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जितीया पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितीया पर्व, २०७८ को शुभकामना सन्देश जितीया पर्व, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण चाडका रूपमा लिइन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ । भौगोलिक‚ सामाजिक र Read More …

अध्यादेश खारेज

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/६/११ को निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नु भएको छ । २०७८ साल असोज ११ गते सोमबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले स्वदेशी तथा विदेशी क्रिकेट खेलाडी तथा पदाधिकारीसँगको शिष्टाचार भेटका अवसरमा गर्नुभएको सम्बोधन

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, ख्यातिप्राप्त स्वदेशी तथा विदेशी खेलाडीहरू, खेल पत्रकारहरू, राष्ट्रसेवकहरू, भद्र महिला तथा सज्जनवृन्द । भोलिदेखि सुरु हुने नेपालको महत्वपूर्ण व्यावसायिक क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) आरम्भ हुन गइरहेको अवसरमा क्रिकेट जगतका प्रसिद्ध खेलाडीहरूलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ । पछिल्ला वर्षमा नेपालले क्रिकेटमा हासिल गरेको सफलता उल्लेखनीय छ । निजी क्षेत्रबाट सञ्चालन हुने इपीएल जस्ता प्रतियोगिताले क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान गरेका छन् । प्रतियोगिताको सफलताको लागि म अग्रिम शुभकामना दिन चाहन्छु । दक्षिण एसियाका मुलुकहरूमा क्रिकेट लोकप्रिय र प्रतिष्ठित खेल रहेको हुनाले नेपालमा यसको विकासको लागि प्रशस्त सम्भावनाहरू छन् । Read More …

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “विनियोजन विधेयक, २०७८“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । २०७८ साल असोज ७ गते बिहीबार (जगन्‍नाथ पन्त) प्रवक्ता  

‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ नेपाली संस्करण पुस्तकको लोकार्पण एवं खण्ड ३ को परिचयात्मक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

जनवादी गणतन्त्र चीनका महामहिम राजदूत, यस कार्यक्रमका आयोजकहरू, भद्रमहिला तथा सज्जनवृन्द ! नेपालको असल मित्र र घनिष्ट छिमेकी जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको विचार, दर्शन र दूरदृष्टि समेटिएको ‘सी चिनफिङः  चीनको शासन व्यवस्थाʼ खण्ड २’ पुस्तकको नेपाली संस्करण लोकार्पण गर्न तथा खण्ड ३ को परिचयात्मक समारोहमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । २०७३ साल पुस ३ गते नेपालको राष्ट्रपति भवनमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था‚ खण्ड १’ पुस्तकको यसरी नै लोकार्पण गर्ने सुअवसर पाएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्र राष्ट्र चीनले शासकीय प्रवन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रेस काउन्सिल नेपालको ५२ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पदाधिकारीहरू, आज सम्मानित पुरस्कृत पत्रकारहरू, राष्ट्रसेवकहरू, भद्रमहिला तथा सज्जनवृन्द ! प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित यस समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै काउन्सिल परिवारप्रति हार्दिक शुभकामना प्रकट गर्दछु । यस अवसरमा, प्रेस काउन्सिलको स्थापना कालदेखि वर्तमान अवस्थासम्मका अनेक चरणहरूमा महत्वपूर्ण योगदान गर्ने सम्बद्ध सबैको सराहना गर्दछु । आज पुरस्कृत र सम्मानित पत्रकारहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । लोकतन्त्र र आमसञ्चार क्षेत्रलाई एक अर्काको परिपूरकको रूपमा लिनु पर्दछ । राज्यको चौथो अङ्गको रूपमा स्वीकार गरिँदै आएको आमसञ्चार क्षेत्र लोकतन्त्र र मानव अधिकार प्रवद्र्धनका Read More …