विधेयक प्रमाणीकरण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति
आर्थिक विधेयक, २०७८ २०७८/६/१३
राष्ट्र ऋण उठाउने विधेयक, २०७८ २०७८/६/१३

२०७८ साल असोज १३ गते बुधबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता