ओहदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्र मन्त्री डा. नारायण खड्काज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
१. इजिप्ट H.E. Ms. Noha Hamdy Ahmed Elgebaly आवासीय
२. जर्मनी H.E. Dr. Thomas Heinrich Prinz आवासीय
३. नर्बे H.E. Ms. Torun Dramdal आवासीय
४. फ्रान्स H.E. Mr. Gilles Bourbao आवासीय

२०७८ साल असोज १४ गते बिहीबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता

इजिप्ट जर्मनी
नर्बे फ्रान्स