सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ का अवसरमा दिनुभएको शुभकामना सन्देश

महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरे बमोजिम “समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा विश्वभरका महिला दिदीबहिनीहरुको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । कानूनले निषेध गरेका वोक्सी, छाउपडी, दाइजो जस्ता अन्धविश्वास र कुप्रथाको कारण  धेरै नेपाली महिलाहरु हिंसा, विभेद र अपमानका पीडा खप्न वाध्य छन् । यसर्थ महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि कानुनको अक्षरस कार्यान्वयन साथै शिक्षा Read More …

मन्त्री पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७६ साल मंसिर ५ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । क्र.सं. नाम, थर पदनाम कार्यविभाजन १ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन २ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास ३ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति ४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा ५ श्री वसन्तकुमार नेम्बाङ्ग मन्त्री भौतिक पूर्वाधार तथा यातायात ६ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन

आज मिति २०७६ साल मंसिर ४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद् गठन गर्नुभएको छ । क्र.सं.   नाम, थर पदनाम कार्यविभाजन १ श्री केपी शर्मा ओली प्रधानमन्त्री   २ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा ३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानुन, न्याय तथा संसदीय मामिला ४ श्री रामबहादुर थापा मन्त्री गृह ५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्‍ट्र ६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन ७ श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री विष्णुमाया ओझाज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मधेशी आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्तज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।    (हरि प्रसाद दाहाल)  प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यू र बंगलादेशका महामहिम राष्ट्रपतिबीच भेटवार्ता

आज मिति २०७६ साल कात्तिक २७ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र नेपालको औपचारिक सद्‍भावना भ्रमणमा रहनुभएका मित्रराष्ट्र जन गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति श्री मोहम्मद अब्दुल हामिदबीच भेटवार्ता भयो । सो अवसरमा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध,  आपसी हित र साझा चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा विस्तृत कुराकानी भयो । उक्त अवसरमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, माननीय परराष्ट्र मन्त्रीज्यू, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूलगायत नेपाल सरकार तथा बंगलादेश सरकारका उच्चपदस्थ अधिकारीहरू  समेतको उपस्थिति रहेको  थियो ।  (हरि प्रसाद दहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरू नानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरू नानक जयन्तीको शुभकामना सन्देश शिख धर्मावलम्बीहरुको विशेष पर्व गुरू नानक जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण शिख धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । गुरु नानकले समाजमा शान्ति, सद्‌भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरुका बीचमा सद्‌भाव कायम राख्‍नका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।   अन्तमा, समाजमा विद्यमान जातीय विभेद्को अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्नुपर्ने गुरू नानकको सन्देश बमोजिम आ-आफ्नो स्थान र भूमिकाबाट योगदान पु-याउने प्रेरणा मिलोस् भन्दै Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल कात्तिक २५ गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित छुट्टाछट्टै विशेष समारोहबीच आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1 प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का H.E. Ms. Himalee Subhashini de Silva Arunatilaka आवासीय 2 गणतन्त्र अर्जेन्टिना H.E. Mr. Daniel Chuburu गैरआवासीय 3 प्रजातान्त्रिक जनगणतन्त्र लाओस H.E. Mr. Bounneme Chounghom गैरआवासीय 4 बहराइन अधिराज्य H.E. Mr. Abdulrahman Mohamed Ahmed Al Gaoud गैरआवासीय (हरि प्रसाद Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट फाल्गुनन्द जयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा समेत गरेको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ। फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।    अन्तमा, राष्ट्रगौरव राष्ट्रिय विभूतिको Read More …