सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट फाल्गुनन्द जयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्द जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण किराँत धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा उच्च कदर गर्दै सरकारले उहाँलार्इ राष्ट्रिय विभूति घोषणा समेत गरेको छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा लगायतका पूर्वी पहाडी जिल्लाहरुमा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ। फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने विश्वास मैले लिएको छु।    अन्तमा, राष्ट्रगौरव राष्ट्रिय विभूतिको Read More …

थारु आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थारु आयोगका माननीय अध्यक्ष श्री बिष्णुप्रसाद चौधरीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४  बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका माननीय अध्यक्ष श्री समिम मिँया अन्सारीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

संयुक्त अधिराज्यका राजदूतबाट विदाई भेट

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन   सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका राजदूत H.E. Richard Charles Morris ले राष्ट्रपति भवन, शीतलनिवासमा विदाई भेट गर्नुभयो । सो अवसरमा संयुक्त अधिराज्य र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा नेपालस्थित संयुक्त अधिराज्यको राजदूतावासका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।    (हरि प्रसाद दहाल)   प्रवक्ता

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १९ गते, मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष  लोक सेवा आयोगका माननीय अध्यक्ष श्री उमेशप्रसाद मैनालीले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगबाट आ.व. २०७५/०७६ मा सम्पादन गरिएका कार्यहरु तथा सुझावसहित समावेश भएको साठीऔं वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा लोक सेवा आयोगका माननीय सदस्यहरु लगायत राष्ट्रपतिको कार्यालय एवम् लोक सेवा आयोगका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण

आज मिति २०७६ साल कात्तिक १9 गते, मंगलबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरुले देहाय बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो । क्र.सं. नामथर प्रदेश १ श्री सोमनाथ अधिकारी ‘प्यासी’, कास्की १ २ श्री तिलक परियार, बाँके २ ३ श्री विष्णु प्रसाद प्रसाई, झापा ३ ४ श्री अमिक शेरचन, चितवन गण्डकी प्रदेश ५ श्री धर्मनाथ यादव, सिराहा ५ ६ श्री गोविन्दप्रसाद कलौनी, वैतडी कर्णाली प्रदेश ७ श्री सर्मीला कुमारी पन्त, चितवन सुदुर पश्चिम प्रदेश    (हरि प्रसाद दाहाल)   प्रवक्ता

सम्माननीय राष्ट्रपतिबाट प्रदेश प्रमुख पदमा नियुक्त

आज मिति २०७६ साल कात्तिक १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छः क्र.सं. नामथर प्रदेश १ श्री सोमनाथ अधिकारी ‘प्यासी’, कास्की १ २ श्री तिलक परियार, बाँके २ ३ श्री विष्णु प्रसाद प्रसाई, झापा ३ ४ श्री अमिक शेरचन, चितवन गण्डकी प्रदेश ५ श्री धर्मनाथ यादव, सिराहा ५ ६ श्री गोविन्दप्रसाद कलौनी, वैतडी कर्णाली प्रदेश ७ श्री सर्मीला कुमारी पन्त, चितवन सुदुर पश्चिम प्रदेश    (हरि प्रसाद दाहाल)   प्रवक्ता

प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १8 गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा २९४ बमोजिम पेश गर्नु भयो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता

आइभोरीकोष्टका महामहिम उपराष्ट्रपतिबाट शिष्टाचार भेट

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन   सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनु भएका आइभोरीकोष्टका महामहिम उपराष्ट्रपति श्री Daniel Kablan Duncan ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा नेपाल तथा आइभोरीकोष्टबीच आपसी हित तथा चासोका विषयमा छलफल भयो ।    (हरि प्रसाद दहाल)   प्रवक्ता

भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल कात्तिक १८ गते, सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । उक्त समारोहमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री धनबहादुर बुढाज्यू लगायत उच्च सरकारी पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।    (हरि प्रसाद दाहाल)   प्रवक्ता