सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ का अवसरमा दिनुभएको शुभकामना सन्देश

महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश

संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर २५ लाई महिला बिरुद्ध हुने हिंसा निर्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरे बमोजिम “समानताको पुस्ता: बलात्कार विरुद्ध ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्‍न कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको उपलक्ष्यमा विश्वभरका महिला दिदीबहिनीहरुको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कानूनले निषेध गरेका वोक्सी, छाउपडी, दाइजो जस्ता अन्धविश्वास र कुप्रथाको कारण  धेरै नेपाली महिलाहरु हिंसा, विभेद र अपमानका पीडा खप्न वाध्य छन् । यसर्थ महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि कानुनको अक्षरस कार्यान्वयन साथै शिक्षा र चेतना फैलाउनु एवं आर्थिक रुपले आत्मनिर्भर र स्वाबलम्बी बनाउनु पर्ने आजको आवश्यकता हो ।

अन्तमा, यस दिवसले समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसालाई निषेध र निरुत्साहित गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७६ मंसिर ९ गते सोमबार ।