मन्त्री पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नवनियुक्त माननीय मन्त्री डा. नारायण खड्काज्यूले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७८ साल असोज ६ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता    

मन्त्री पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ । २०७८ साल असोज ६ गते बुधबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व ,२०७८ को शुभकामना सन्देश कुमारी इन्द्रजात्रा पर्व, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना एवं जीवित देवी कुमारी र गणेश तथा भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षाका कारण फलेको राम्रो अन्‍नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ। प्रकृतिसँग यसरी जोडिएका जात्रा एवं पर्वहरू सयौं वर्षदेखि निरन्तर चलिआएका हुनाले हाम्रो मुलुक  प्रकृति र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश नेपाली जनताको बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकोमा सम्मान र त्यस दिनको स्मरण स्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस सुखद् अवसरमा देशभित्र तथा बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान प्रकट गर्दछु । वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा Read More …

विभूषण प्रदान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा  देहाय बमोजिमका विभूषण प्रदान गर्नु भएको छ । विभूषणको प्रकार संख्या मानपदवी १. नेपाल रत्न १ २. राष्ट्र गौरव २ ३. महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी ५ ४. सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी ५ ५. उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी १ ६. प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ ७. सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ ८. सुप्रबल जनसेवाश्री तृतीय श्रेणी १६१ ९. कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी ८ १०. प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ ११. जनसेवाश्री पञ्चम श्रेणी Read More …

कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, श्री सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा  मिति २०७८/६/३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५२३ (पाँच सय तेइस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा  भएको छ । २०७८ साल असोज २ गते शनिबार । (जगन्‍नाथ पन्त) प्रवक्ता Read More …

कैद सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  को दफा १५९ को प्रावधान अनुसार पूर्ण बहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी  भएको छ । २०७८ साल असोज २ गते शनिबार । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्रतिनिधिमण्डललाई गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र– इसिमोडका पदाधिकारीहरूलाई राष्ट्रपति भवनमा भेट्न र स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ । नेपालमै अवस्थित प्रधान कार्यालयबाट हिमालय–हिन्दुकुश पर्वतीय क्षेत्रको पर्यावरण एवं जैविक विविधता संरक्षण गर्न सघाउने उद्देश्य लिएर इसिमोडको स्थापना भएको हुनाले यस संस्थाका पदाधिकारीहरूसँग अन्तरक्रिया र छलफल हुनु सान्दर्भिक हुन्छ भन्ने मलाई लाग्दछ । वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत सरकारी निकाय‚ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था‚ विषय—विज्ञ एवं जानकार व्यक्तित्वहरूसँग मैले समय समयमा अन्तरक्रिया गर्दै आएको छु । हिमालय–हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तनले ल्याएका चुनौतीबारे वैज्ञानिक अनुसन्धान गर्ने‚ जलवायु अनुकूलनका लागि यस क्षेत्रलाई उपयुक्त हुने प्रविधिको विकास गर्ने र यस क्षेत्रका जनताको Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल बाल संगठनद्वारा बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

आज राष्ट्रिय बाल दिवस ! यस अवसरमा म समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको महत्त्वपूर्ण दिनमा राष्ट्रपति भवनमा बालबालिकासँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ । आजका बालबालिकाहरू भविष्यका जिम्मेवार नागरिक हुन् । हरेक बालबालिकामा हुने जिज्ञासुपनले उनीहरूको सृजनात्मक क्षमता विकास गर्न मद्दत पुर्‍याउँछ । तसर्थ परिवार, विद्यालय, समुदाय, सामाजिक संघसंस्था तथा राज्यले बाल संरक्षण, बाल बचाउ, बाल विकास तथा बाल सहभागिताका विषयलाई प्रवर्द्धन गर्न संवेदनशील हुनुपर्दछ भन्ने मलाई लागेको छ । सिर्जनशील बालबालिका नै हाम्रो मुलुकको भविष्यका लागि आशाका किरण हुन् । करिब डेढ वर्षदेखि हाम्रो मुलुक पनि कोभिड–१९ को विश्वव्यापी महामारीबाट Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०७८ को शुभकामना सन्देश राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु । नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी  बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल Read More …