कैद सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  को दफा १५९ को प्रावधान अनुसार पूर्ण बहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी  भएको छ ।

२०७८ साल असोज २ गते शनिबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता