सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विभिन्न विश्वविद्यालयहरूका कुलपति¸उपकुलपति तथा पदाधिकारीहरूसँग भेटघाटको अवसरमा दिनुभएको मन्तव्य

राष्ट्रपतिभवन¸महाराजगञ्ज¸काठमाडौँ । हाम्रो देशका विश्वविद्यालयका कुलपति¸उपकुलपति तथा पदाधिकारीहरूलाई राष्ट्रपति भवनमा स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । उच्च शिक्षा र अनुसन्धानमूलक शिक्षामा नेतृत्वदायी भूमिका खेल्ने विश्वविद्यालयहरूले शिक्षाका माध्यमबाट राष्ट्रको समृद्धि र सुखमा पुर्‍याउन सक्ने योगदानका बारेमा जति चर्चा गरेपनि कमै हुन्छ । आजको यस महत्वपूर्ण अवसरमा नेपालको व्यापार घाटाको अवस्थाका बारेमा भरखरै प्रस्तुतीकरण भएको छ । हामीले सिमित उत्पादन र विप्रेषणका माध्यमबाट आर्जन गरेको विदेशी मुद्राले हाम्रो उपभोगको अवस्थालाई धान्न नसकेको यसबाट पुष्टि हुन्छ । विश्वविद्यालयमा हुने अध्ययन अध्यापनको विशाल समुद्रमा व्यापार घाटाको विषय एउटा शीतविन्दु जस्तो मात्रै हो । तर यसले आज हाम्रो मुलुकले सामना गरिरहेको ठूलो Read More …

Federative Republic of Brazil का राजदूतबाट शिष्टाचार बिदाई भेट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि Federative Republic of Brazil का राजदूत H.E. Mrs. Maria Teresa Mesquita Pessoa ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र ब्राजिलबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । २०७८ साल भाद्र २५ गते शुक्रबार (जगन्‍नाथ पन्त) प्रवक्ता  

नवनियुक्त प्रधान सेनापतिबाट आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । २०७८  साल भाद्र  २४ गते बिहीबार (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

हरितालिका (तीज), २०७८ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा अटल सौभाग्य, सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्‍चमीका दिन सप्तऋषिको पूजा‚ उपासना गर्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छ । विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको Read More …

राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्वकर्माज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल भदौ २० गते आइतबार (जगन्नाथ पन्त) प्रवक्ता

भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष भाषा आयोगका माननीय अध्यक्ष डा. लवदेव अवस्थीज्यूले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०७८ साल भदौ २० गते आइतबार (जगन्नाथ पन्त) प्रवक्ता

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।   २०७८ साल भदौ १९ गते शनिबार (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

जलवायु परिवर्तनमा आजको पुस्ताले गल्ती गरेको खण्डमा भावी पुस्ताले असर भोग्नु पर्छ: राष्ट्रपति

भाद्र १७ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विहिबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनलाई ‘मानवताका लागि खतराको संकेत’ रूपमा लिइएको सन्दर्भ र आगामी नोभेम्बर १ देखि १२ तारिख सम्म वेलायतमा सम्पन्न हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालजस्ता हिमाली मुलुकले उठाउनु पर्ने मुद्दाको विषयमा विज्ञहरूबाट जानकारी लिनुभयो । विज्ञहरूलाई सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले जलवायु परिवर्तनको विषय हाम्रो उच्च राष्ट्रिय प्राथमिकतामा रहनु पर्ने मुद्दा भएकोमा जोड दिनु भयो । “जलवायु परिवर्तनको सन्दर्भमा वर्तमान पुस्ताले कमजोरी गरेको खण्डमा भावी पुस्ताले यसको असर Read More …