नवनियुक्त प्रधान सेनापतिबाट आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माज्यूलाई राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नु  भयो । साथै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माज्यूले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

२०७८  साल भाद्र  २४ गते बिहीबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता