कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, श्री सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा मिति २०७७/४/१९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/२९ गतेको सिफारिसमा  मिति २०७८/६/३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५२३ (पाँच सय तेइस) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवस, २०७८ को अवसरमा माफी मिनाहा  भएको छ ।

२०७८ साल असोज २ गते शनिबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता