सम्माननीय राष्ट्रपतिज्यू र बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटवार्ता

आज मिति २०७५ साल भदौ १४ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यू र चौथो बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनमा सहभागी सदस्य-राष्ट्रहरूका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुबीच भेटबार्ता भयो । उक्त अवसरमा बिम्स्टेक (BIMSTEC) शिखर सम्मेलनका अध्यक्ष नेपालका सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली, बंगलादेशका महामहिम प्रधानमन्त्री Sheikh Hasina, भूटान सरकारका महामहिम Chief Justice and Chief Advisor Mr. Lynpo Tshering Wangchuk, भारतका महामहिम प्रधानमन्त्री Shri Narendra Modi, म्यानमारका महामहिम राष्ट्रपति U Win Myint, श्रीलंकाका महामहिम राष्ट्रपति Mr. Maithripala Sirisena र थाइल्याण्डका महामहिम प्रधानमन्त्री Gen. Prayut Chan-o- cha (Ret.) लगायतको उपस्थिति रहेको थियो ।  सो भेटका क्रममा सदस्य-राष्ट्रहरूबीच सुमधुर सम्बन्ध, विकासमा साझेदारी गर्ने र आपसी सहयोगलाई बढाउने लगायतका विषयमा छलफल भएको थियो ।

साथै उक्त भेट पश्चात सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले BIMSTEC सदस्य-राष्ट्रहरुका राष्ट्रप्रमुखहरु एवम् सरकार प्रमुखहरुको सम्मानमा दिवा भोजकोसमेत आयोजना गर्नुभएको थियो । सो अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू तथा सदस्य राष्ट्रहरुका परराष्ट्र/विदेशमन्त्रीहरु समेतको उपस्थिति थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता