सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूतबाट विदाई भेट

आज मिति २०७५ साल साउन १७ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष  नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत H.E. Mrs. Alaina B. Teplitz ले विदाई भेट गर्नुभयो । सो अवसरमा संयुक्त राज्य अमेरिका र नेपालबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित संयुक्त राज्य अमेरिकी राजदूतावासका अधिकारीको उपस्थिति थियो ।   (छविन्द्र पराजुली) प्रवक्ता