कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा मिति २०७९/११/०७ गते देखि लागू हुने गरी बिष्णुकुमार लिम्बुसमेतका ३८१ (तीन सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ । २०७९ साल फागुन ५ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता

जरिबानाको रकम मिनाहा

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मिति २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबानाको रकम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६ बमोजिम माफी मिनाहा भएको छ । २०७९ साल फागुन ५ गते शुक्रबार । (लीलाकान्त पौडेल) सहायक प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल संस्कृत विश्वविद्यालय‚ आयुर्वेद शिक्षण भवनको समुद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय सूचना तथा सञ्चार मन्त्री‚ लुम्बिनी प्रदेशका माननीय मन्त्री, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति‚ तुल्सीपुर तथा घोराही उपमहानगरपालिकाका प्रमुख‚ उप प्रमुख तथा स्थानीय जनप्रतिनिधहरू‚ विश्वविद्यालयका प्राध्यापकहरू‚ राष्ट्रसेवक कर्मचारीहरू, सञ्चारकर्मीहरू‚ भद्र महिला सज्जनवृन्द । नेपालको सुन्दर उपत्यका दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा उपस्थित भई आयुर्वेद शिक्षण भवनको उद्‍घाटन र त्यसपछि आयोजित यस कार्यक्रमलाई सम्बोधन गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । दाङ उपत्यकाका अनेक गौरवपूर्ण परिचयहरू छन् । नेपालकै ठूलो उपत्यकामध्ये एक हुनुका साथै पछिल्ला केहि अनुसन्धानले प्रागऐतिहासिक कालमा मानव सभ्यताको विकास भएको स्थानका रूपमा पनि दाङको नयाँ चिनारी निर्माण भइरहेको छ । यसै स्थानमा नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएबाट संस्कृत Read More …

वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । २०७९ साल माघ २९ गते आइतबार । (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बाला गुरु षडानन्द अधिकारीको प्रतिमा अनावरण कार्यक्रममा गर्नुभएको सम्बोधन

प्रदेश १ का माननीय मुख्यमन्त्री, षडानन्द नगरपालिका प्रमुख, उप प्रमुख तथा जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । नेपालका प्रसिद्ध समाजसेवी तथा शिक्षाप्रेमी बालागुरु षडानन्द अधिकारीको जन्मस्थानमा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा म ज्यादै हर्षित भएको छु । आबाल ब्रम्हाचारी बालागुरुको जन्मस्थानमा स्थापित प्रतिमाको अनावरण गर्ने सुअवसर समेत प्रदान गरेकोमा म षडानन्द स्मृति प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेपालमा शैक्षिक जागरण फैलाउने उद्देश्यले भोजपुर जिल्लाको दिङ्लामा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशाला जनस्तरबाट स्थापित पहिलो विद्यालयको रूपमा लिइन्छ । यस विद्यालयको स्थापनासँगै मुलुकमा शिक्षाको विकास तथा विस्तार अभियानले तीब्रता लिएको थियो । शैक्षिक उन्नयनमा ऐतिहासिक योगदान गर्ने Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले योगमाया स्मृति प्रतिष्ठानद्वारा आयोजित योगमायाको प्रतिमा अनावरण कार्यक्रममा गर्नुभएको सम्बोधन

प्रदेश १ का माननीय मुख्यमन्त्री, साल्पा सिलिछो गाउँपालिका प्रमुख, उप प्रमुख तथा स्थानीय जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । योगमाया स्मृति प्रतिष्ठान भोजपुरद्वारा आयोजित योगमायाको कर्ममूमि‚ साधनाभूमि तथा समाधिस्थलको रूपमा रहेका मजुवाबेंसी तथा गौडेनीको अवलोकनका साथै योगमायाको प्रतिमा अनावरण कार्यक्रममा सहभागी भई तपाईँहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त भएकोमा म अत्यन्तै हर्षित भएको छु । यो सुअवसर प्रदान गरेकोमा म योगमाया स्मृति प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भौतिक पूर्वाधार विकासका हिसाबले भोजपुर जिल्ला पछाडि परेको भएतापनि इतिहासदेखि वर्तमानसम्म नेपालको राजनीतिक‚ सामाजिक‚ सांस्कृतिक र शैक्षिक जागरणको लागि यो जिल्लाले खेलेको भूमिका अग्रणी रहेको छ । नेपाली भाषा र साहित्यको Read More …

राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

  विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री उर्मिला अर्यालज्यूले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ । २०७९ साल माघ २४ गते मङ्गलबार । (सागर आचार्य) प्रवक्ता  

मन्त्रालयको कार्यभार

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवत् २०७९/९/११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌का माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री शिशिर खनाल र माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री डोलप्रसाद अर्यालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । २०७९ साल माघ २३ गते सोमबार । (सागर आचार्य) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले काठमाडौँ उपत्यकाका पालिका प्रमुखहरूसँगको भेटघाटको अवसरमा गर्नुभएको सम्बोधन

काठमाडौँ उपत्यकाका विभिन्न पालिका प्रमुख तथा उप–प्रमुखहरू‚ राष्ट्रसेवकहरू‚ सञ्चारकर्मीहरू‚ भद्र महिला तथा सज्जनवृन्द । मुलुकको राजधानी काठमाडौँ उपत्यकाका सबै पालिकाहरूका प्रमुख एवं उप–प्रमुखहरूसँग  उपत्यकाको विकासका चुनौती एवं सम्भावनाहरूको विषयमा छलफल गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । म यहाँहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्न चाहन्छु । विश्‍वका सुन्दर शहरहरूमध्ये मानिने काठमाडौँ उपत्यका सम्भावना र चुनौति दुवै बोकेको सहर हो । रमणीय हिमश्रृङ्खलाहरू सहजै देख्न सकिने, वरिपरि हरियाली वनजङ्गल भएको‚ साथै विश्‍व सम्पदा सूचीमा सूचिकृत नेपालका १० धरोहरहरूमध्ये ७ वटा अवस्थित रहेको काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक राजधानी समेत हो भन्नु अतिशयोक्ति होइन । यसका अतिरिक्त, हाम्रो देशको मुख्य आर्थिक‚ Read More …

संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ। २०७९ साल पुस २२ गते आइतबार । (सागर आचार्य) प्रवक्ता