राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

 

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री उर्मिला अर्यालज्यूले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०७९ साल माघ २४ गते मङ्गलबार ।

(सागर आचार्य)

प्रवक्ता