सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले हरितालिका (तीज), २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०८० को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् चाड हरितालिका (तीज) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने गर्दछन् ।  यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्‌भाव कायम गर्न यस पर्वले महत्त्वपूर्ण भूमिका निभाएको छ । परापूर्व कालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको मैले महसुस गरेको छु । हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद  लगायत Read More …

कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन र तत्पश्चात जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको शिलशिलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्वत् २०८० साल भदौ ३० गते शनिबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ। २०८० साल भदौ ३० गते शनिबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बाल दिवस, २०८० को शुभकामना सन्देश राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई  एवम् शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस धुमधामका साथ मनाइदै आइएको छ । यसै अनुरूप यस वर्ष ” बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालको संविधानले  बालबालिकाको हकलाई मौलिक हकको  रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै Read More …

नेपालका लागि इजरायलका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि इजरायलका राजदूत H.E. Mr. Hanan Goder Goldberger ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्‍वस्त रहेको कुरा बताउनु भयो । २०८० साल भदौ २६ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपालको आवासीय राजदूत पदमा नियुक्ति

विज्ञप्‍ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, World Trade Organization (WTO) र World Health Organization (WHO) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ । २०८० साल भदौ २२ गते शुक्रबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०८० को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक  यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रही आएको छ । विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोहजस्ता कुभावना त्याग गरी समाजमा Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय १. कतार H.E. Mr. Mishal Mohammed Ali Alansari आवासीय २. गणतन्त्र पेरु H.E. Mr. Javier Manuel Paulinich Velarde गैरआवासीय ३. कम्बोडिया H.E. Mr. Koy Kuong गैरआवासीय २०८० साल भदौ १८ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता   H.E. Mr. Mishal Mohammed Ali Alansari, Ambassador of Read More …