नेपालका लागि इजरायलका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि इजरायलका राजदूत H.E. Mr. Hanan Goder Goldberger ले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्‍वस्त रहेको कुरा बताउनु भयो ।

२०८० साल भदौ २६ गते मङ्गलबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता