ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति

सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय
१. कतार H.E. Mr. Mishal Mohammed Ali Alansari आवासीय
२. गणतन्त्र पेरु H.E. Mr. Javier Manuel Paulinich Velarde गैरआवासीय
३. कम्बोडिया H.E. Mr. Koy Kuong गैरआवासीय

२०८० साल भदौ १८ गते सोमबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता

 

H.E. Mr. Mishal Mohammed Ali Alansari, Ambassador of Qatar H.E. Mr. Javier Manuel Paulinich Velarde, Ambassador of Republic of Peru
H.E. Mr. Koy Kuong, Ambassador of Cambodia