संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।

२०८० साल भदौ १४ गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता