नेपालको आवासीय राजदूत पदमा नियुक्ति

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र सयुंक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा, World Trade Organization (WTO) र World Health Organization (WHO) का लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ ।

२०८० साल भदौ २२ गते शुक्रबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता