सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “अन्तर्राष्ट्रिय महिला दिवस, २०१९” को अवसरमा व्यक्त शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवस, २०१९ को शुभकामना सन्देश

१०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु ।

लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार: समृद्धिको आधार” भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फि विकास र शसक्तिकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तिकरण र लैङ्गिक समानतालार्इ प्राथमिकताका साथ उठाएको छ । नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था  छ । यी सबै प्रावधान र प्रयासहरुलार्इ सफल बनाउन सकेमा सबै महिलाहरुका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ । यस अवसरमा महिला विरुद्ध हुने सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट अग्रसर हुन म सबैमा आग्रह गर्दछु ।.

अन्तमा, यो दिवसले हामी सबैलाई महिलाहरुको हक, अधिकार, समानता, सशक्तिकरण तथा मानव अधिकारप्रति पूर्ण सम्वेदनशील भईरहन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७५ फागुन २४ गते शुक्रबार