सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधान न्यायाधीश पदमा नियुक्त

आज मिति २०७४ साल साउन २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतममाननीय न्यायाधीश श्री गोपाल पराजुलीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यूले आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुखज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधीशहरु, न्यायपरिषदका माननीय सदस्यहरु, संवैधानिक निकायका प्रमुखज्यूहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

(मोहनप्रसाद वाग्ले)

प्रवक्ता