जनवादी गणतन्त्र चीनका Xizang Autonomous Region का Party Secretary बाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष जनवादी गणतन्त्र चीनका Xizang Autonomous Region का Party Secretary H.E. Mr. Wang Junzheng ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। साथै, सम्माननीय राष्ट्रपतिज्यूले हालै जाजरकोट र रूकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै विपद् पश्चातको पुन:उत्थान र पुननिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको लागि प्रशंसा समेत गर्नुभयो।

२०८० साल कात्तिक २३ गते बिहीबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता