क्रिसमस डेको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्‍भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्‍न हाम्रो मुलुकमा मनाइने चाडपर्वहरुबाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्‍जन र खुशी  साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्‍भाव एवम्‍ धार्मिक सहिष्णुता कायम राख्‍न महत्वपूर्ण योगदान हुने छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्‍भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो ।

ईसाई धर्मावलम्बीहरुको यस पर्व मनाउनका लागि जसरी हामी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्‍नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना
गर्दछु ।

धन्यवाद !

मिति २०७३ पौष १० गते आइतबार ।