सम्माननीय राष्ट्रपतिज्यूसमक्ष चीनिया कम्यूनिष्ट पार्टीका Member of Political Bureau and Secretariat of CPC को नेतृत्वको टोलीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल पुष ३ गते आइतबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका चीनिया कम्यूनिष्ट पार्टी (CPC) का Member of Political Bureau and Secretariat of CPC Central Committee and Chief of CPC publicity Department H.E. Mr. Liu Qibao (ल्यू छिपाओ) को नेतृत्वमा आएको टोलीले शिष्टाचार भेट गर्‍यो । भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि चीनका महामहिम राजदूत समेतको उपस्थिति रहेको थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता