जापानका परराष्ट्र मन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष जापानका परराष्ट्र मन्त्री H.E. Ms. KAMIKAWA Yoko ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो। उक्त भेटमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र जापानबीच आगामी दिनहरूमा आर्थिक सहयोग लगायत अन्य सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।   २०८१ साल वैशाख २३ गते आइतबार ।   (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

विधेयक प्रमाणीकरण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ: क्र.सं. विधेयकको नाम प्रमाणीकरण मिति १. खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक २०८१/१/२३ २०८१ साल वैशाख २३ गते आइतबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को शुभकामना सन्देश विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्‌ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदितै छ । स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ । प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न Read More …

संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१/२० को सिफारिसमा सम्वत् २०८१ साल वैशाख २८ गते शुक्रबारका दिन १४:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । २०८१ साल वैशाख २० गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो। २०८१ साल वैशाख २० गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व मजदुर दिवस (मे १), २०२४ को अवसरमा दिनुभएको सन्देश

विश्व मजदुर दिवस (मे १) २०२४ को शुभकामना सन्देश विश्व मजदुर दिवस (मे १) २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु । श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष “मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान” भन्ने नाराकासाथ १३५औं विश्व मजदुर दिवस मनाइरहेका छौं । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने Read More …

अध्यादेश जारी

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ २०८१ साल वैशाख १६ गते आइतबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

नेपाली सेना परिचालन स्वीकृति प्रदान

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ। २०८१ साल वैशाख १३ गते बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नवौं भूकम्प स्मृति दिवसको अवसरमा दिनुभएको सन्देश

नवौं भूकम्प स्मृति दिवसको  सन्देश गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय Read More …

सम्माननीय राष्ट्रपतिज्यू र मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शिष्टाचार भेटवार्ता

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेटवार्ता भयो। सो अवसरमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै, दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भयो। २०८१  साल वैशाख ११ गते मङ्गलबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता