सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल पुष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रुसी महासंघका लागि आवासीय राजदूत श्री ऋषिराम घिमिरेलाई बेलारुसका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नु गर्नुभएको छ ।

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता