सम्माननीय राष्ट्रपतिज्यूबाटसंघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७६ साल मङ्‌सिर २४ गते मङ्गलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ साल पुस ४ गते शुक्रबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

  (हरि प्रसाद दाहाल)

प्रवक्ता