सम्माननीय राष्ट्रपतिज्यूसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल पुस ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष श्री चोलेन्द्र शमसेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ ।

   (हरि प्रसाद दाहाल)

  प्रवक्ता