गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस ९ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

तपसिल

सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री उदयराज पाण्डे मलेसिया गणतन्त्र फिलिपिन्स
२. श्री दीपक अधिकारी फ्रान्स मोनाको
३. श्री महेशराज दाहाल अष्ट्रेलिया न्यूजिल्याण्ड
४. श्री मणिप्रसाद भट्टराई स्वीट्जरल्याण्ड इटली

    (हरि प्रसाद दाहाल)

 प्रवक्ता