गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७६ साल पुस २ गते, बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।

तपसिल

सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री उदयराज पाण्डे मलेसिया ब्रुनाई दारुसलाम
2. श्री गणेशप्रसाद ढकाल थाइल्याण्ड क्याम्बोडिया, लाओस र भियतनाम
3. श्री अमृतबहादुर राई संयुक्त राष्ट्रसंघ, न्यूयोर्क इक्वेडर
4. श्री भृगु ढुङ्गाना क्यानडा क्यूवा

    (केशव प्रसाद घिमिरे)

 सहायक प्रवक्ता