सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फाल्गुनन्द जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश किराँत धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङदेनको १३७औँ फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । किराँत धर्म र संस्कृतिको पहिचान‚ संरक्षण र संवर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनु हुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि समेत खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायतका पूर्वी नेपालका जिल्लाहरूमा विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व, २०७८ को शुभकामना सन्देश छठ पर्व, २०७८ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । मूलतः नेपालको तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने छठ पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गरी मनाइन्छ । विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास रहेको छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक Read More …

प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नामथर प्रदेश १ श्री परशुराम खापुङ्ग, तेह्रथुम प्रदेश नं. १ २ श्री तिलक परियार, बाँके कर्णाली प्रदेश ३ श्री देवराज जोशी, बाजुरा सुदूरपश्चिम प्रदेश २०७८ कात्तिक २३ गते मंगलबार (सागर आचार्य) प्रवक्ता

प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ । तपसिल क्र.सं. नाम थर प्रदेश १ श्री सोमनाथ अधिकारी “प्यासी” प्रदेश नं. १ २ श्री गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश ३ श्री गंगाप्रसाद यादव सुदूरपश्चिम प्रदेश २०७८ कात्तिक २३ गते मंगलबार (सागर आचार्य) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूले नेपाल संवत् ११४२ को अवसरमा दिनुभएको शुभकामना सन्देश

नेपाल संवत् ११४२ को शुभकामना सन्देश ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्‌को नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । यसबाट उनले कृषिलाई प्राथमिकता दिएको कुरा समेत स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको Read More …

सम्माननीय राष्ट्रपतिज्यूले तिहार पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तिहार पर्व, २०७८ को शुभकामना सन्देश नेपालीहरूको महान् चाड तिहार, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । बडा दशैँ पर्वको रमझम सकिए लगत्तै कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ । यम पञ्चक समेत भनिने तिहार पर्वमा काग‚ कुकुर‚ गाई‚ गोरू लगायत पशुपंक्षीका साथै धन र ऐश्‍वर्यकी देवी लक्ष्मीको पूजा र दिदीबहिनीद्वारा भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने हाम्रो मौलिक Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीमा स्थापित सेतो जेड ढुङ्गाद्वारा निर्मित महा करुणा बुद्धको प्रतिमा अनावरणको अवसरमा गर्नु भएको सम्बोधन

विश्व शान्तिको मुहानका रूपमा परिचित गौतम बुद्धको पवित्र जन्म स्थल लुम्बिनीमा अवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा महा करुणा बुद्धको प्रतिमा स्थापना गरी त्यसको अनावरण समारोह आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिन चाहन्छु । बहुमूल्य शिलाद्वारा बुद्ध प्रतिमा निर्माण गरी नेपाललाई उपहार स्वरूप प्रदान गरेर राष्ट्रिय गौरवको आयोजना समेत रहेको यस विमान स्थलमा उक्त प्रतिमा स्थापना कार्यमा संलग्न लुम्बिनी गार्डेन फाउन्डेसन र सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दछु । हाम्रो देश नेपाल विश्वशान्तिका प्रवर्तक बुद्धको जन्मस्थल हो । यस ऐतिहासिक क्षेत्रले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले Read More …