सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयकहरु प्रमाणीकरण

आज मिति २०७३ साल चैत्र ११ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१२/७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

सि.नं‌. विवरण
१. निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३
२. गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्‌ख्या निर्धारण विधेयक, २०७३

(कुल प्रसाद चुडाल)

प्रवक्ता